दमक,१६ भदौ ।मेची महाकाली बुहारी संयुक्त आवाज कमल उपसमितिको नयाँ नेतृत्व चयन भएको छ ।आज सम्पन्न संस्थाको साधारणसभाले कमल ५ की वडा सदस्य समेत रहेकी चन्द्रकला सुब्बाको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । सर्वसम्मत निर्वाचित समितिको मैया बाँस्कोटा, सचिवमा सुनिता अधिकारी काफ्ले, सहसचिवमा बुद्धिमाया शिवाकोटी (मन्जु ) , कोषाध्यक्ष सुनिता तामाङ्ग र सहकोषाध्यक्षमा दिपा श्रेष्ठ चुनिएकी छन् ।
यसैगरि सदस्यहरुमा सावित्रा उप्रेती,गुना तामाङ्ग,सृजना ढकाल दाहाल,चन्द्रा दाहाल र ममता श्रेष्ठ गुरुङ्ग चुनिएकी छन् ।यस्तै, साधारणसभाले मिथिला श्रेष्ठ र सलिना राईलाई सल्लाहकार चयन गरिएको छ ।
साधारणसभामा संस्थाकी केन्द्रीय उपाध्यक्ष चन्द्रकला काफ्ले,जिल्ला संयोजक जमुना निरौला,जिल्ला संयोजक सदस्य रिना चेम्जोङ्ग,जिल्ला सहकोषाध्यक्ष सीता अधिकारी, जिल्ला सदस्य जुनु भट्टराई लगायतको उपस्थिति रहेको थियो । परिवारका बुहारीहरुको छाता संस्थाका रुपमा यो संस्थालाई देशव्यापी सञ्जालका रुपमा क्रियाशील गरिदै लगिएको अभियानमा संलग्न महिला नेतृहरुले औल्याँएका छन् ।