झापामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

झापा, १७ भदौं । आज साँझ झापाको मेचिनगर ९ थोप्लेविरान सामुदायिक वनबाट निस्किएको हात्तीले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । सो वनको भित्री सडक खण्डमा हात्तीको आक्रमणबाट मे ७ प २०४६ नम्बरको स्कुटर चलाएर आएकी झापा बुद्धशान्ति ५ का कुमार श्रेष्ठको श्रीमती ३४ बर्षिया सम्झना श्रेष्ठको मृत्यु भएको हो ।
आक्रमणबाट घाईते भएकी उनलाई उपचारको लागि आम्दा अस्पताल धुलाबारी पठाइएकोमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुई दिन अघि झापाको बाह्रदशीमा हात्तीले अर्का एक जनाको ज्यान लिएको थियो ।

Leave a Reply

Your email address will not be published.