खाटबाट लडेर लिम्बूको ज्यान गयो

झापा,१६ भदौं । खाटबाट लडेर जिल्लाको शिवसताक्षी नगरपालिकाका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी – ९ किरात चौक बस्ने ५० वर्षीय अनिल लिम्बू रहेका छन् ।
आइतवार राति आफ्नै घरको खाटमा सुतिरहेकोमा अचानक खाटबाट लडेर बेहोस भएका लिम्बूलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा पुर्याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।
उनलाई विगत ३–४ दिनदेखि ज्वरो आएको थियो । लिम्बू पहिलेदेखि नै सुगर र प्रेसरको बिरामी भएका कारण औषधि सेवन गर्दै आइरहेकाले सोहि कारण उनको ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ ।

खाल्डोमा डुबेर महिलाको मृत्यु

कमेरो माटो निकाल्न खनेको खाल्डोमा डुबेर कचनकवलमा एक महिलाको मृत्यु भएको छ । आइतवार साँझ ५ बजे कचनकवल गाउँपालिका वडा नं २ रतिबारी बस्ने उखारू राजवंशीकी श्रीमती ४६ वर्षीया उजारी राजवंशी आफ्नो घरदेखि अन्दाजी १५० मिटर पश्चिम झारु राजवंशीको खेतमा कमेरो माटो लिन गएकी थिइन् ।
माटोको लागि खनेको गहिरो खाडलमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको हो । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले बताए ।मृतक उजारी छारे रोगबाट पीडित भएको स्थानीयवासीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.