दमक,१५ भदौ । मैथिली सेवा समितिले आज दमकमा आयोजना गरेको रक्तदानमा ६१ पिन्ट रगत संकलन भएको छ । स्थानीय गणतन्त्र चौंकमा भएको खुला रक्तदानमा ३ महिलासहित ६१ जनाले रगतदान गरेका संस्थाका अध्यक्ष कृष्ण साह तेलीले बताए ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको रक्तदानमा मैथिली सेवा समितिका सचिव अविनासकुमार झा,कोषाध्यक्ष सन्तोषकुमार झा लगायतका संस्थाका सदस्यहरु,सर्वसाधारणहरुले रगतदान गरेका थिए । रक्तदानमा सहभागिहरुलाई प्रंशसापत्र समेत वितरण गरिएको थियो ।
डेंगी संक्रमणका कारण अस्पतालहरुमा रगतको अभाव हुन नदिन संस्थाले रगतदान सम्बन्धी सचेतना अभिबृद्धि गदैं रगतदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष कृष्ण साह तेलीले जानकारी दिए ।
रगतदान नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो । दमकमा रहेका मैथिली समुदायहरुको साझा संस्थाका रुपमा मैथिली सेवा समितिले विभिन्न सामाजिक गतिविधिहरु समेत सञ्चालन गरिआएको अध्यक्ष तेलीले बताएका छन् ।