दमक, १६ भदौं । नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर ५ ले संघ र प्रदेश तर्फका उमेदवारहरुको नाम सिफारिस अनुमोदन गरेको छ । काङ्ग्रेस झापा निर्वाचन क्षेत्र नम्बर ५ को आज सम्पन्न बैठकले संघ र प्रदेशतर्फका एक दर्जन बढी प्रदेश समितिबाट सिफारिस भएर आएका उमेदवारहरुको नाम अनुमोदन सिफारिस गरि जिल्ला समितिलाई पठाइएको क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले जानकारी दिए ।
क्षेत्रले संघीय संसदको प्रत्यक्षमा महिलातर्फ कांग्रेसकी केन्द्रीय सदस्य तथा संघीय सांसद महेन्द्रकुमारी लिम्बूको नाम एकल उम्मेदवारका रुपमा सिफारिस गरेको छ भने पुरुषतर्फ प्रत्यक्षमा क्रमशः महाधिबेशन प्रतिनिधि डा. खगेन्द्र पाण्डव अधिकारी, विश्वदिप लिङदेन,पदम पौडेल, मेदनी सिटौलाको नाम सिफारिस गरिएकोछ ।
यसैगरी समानुपातिक पुरुषतर्फ अमर बराईली , कृष्ण बहादुर धिमाल,दिलिप राई,बीरबहादुर प्रसाई, सत्यनारायण चौधरी,सुरेश सुब्बाको नाम सिफारिस गरि पठाइएको सभापति भण्डारीले जानकारी दिए । यसैगरि, संघीय संसदको समानुपातिक महिलातर्फ रामकुमारी पौडेलको नाम सिफारिस गरिएको बुझिएको छ ।
यसैगरी आज बिहिबार सम्पन्न क्षेत्रको बैठकले प्रदेश सभाका लागि प्रदेश समितिबाट सिफारिस भएर आएका उमेदवारहरुको नाम पनि अनुमोदन गरि जिल्ला समितिमा पठाएको जनाइएको छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र ५ (ख)समितिले सिफारिस गरेर पठाएका उमेदवारहरुको नाम पनि अनुमोदन गरि सिफारिसका लागि पठाएको जनाईएको छ ।प्रदेश सभाका लागि प्रत्यक्षतर्फ एक नम्बरमा ढुण्डीराज भण्डारीको नाम छ भने दोश्रो नम्बरमा पूर्व महासमिति सदस्य दिलबहादुर बुढाथोकी, तेस्रो नम्बरमा प्रदेश समिति सदस्य चन्द्रा खडका, ४ नम्बरमा पार्टीका जिल्ला उपसभापति शेरबहादुर भटटराई र पाँचौं नम्बरमा पूर्व महासमिति सदस्य टिकाराज सापकोटाको नाम सिफारिस भएको छ ।
त्यस्तै छैठौं नम्बरमा पूर्व जिल्ला कोषाध्यक्ष देवी प्रसाद दाहाल, ७ औं नम्बरमा प्रदेश प्रतिनिधि तथा तत्कालिन लखनपुर गाउँ सभापति राजकुमार न्यौपाने, ८ औं नम्बरमा शान्ति पौड्याल , ९ औं नम्बरमा महाधिवेशन प्रतिनिधि विक्रम अधिकारी, १० औं नम्बरमा पूर्व महाधिवेशन प्रतिनिधि घनेन्द्रराज सुब्बा र ११ औं नम्बरमा प्रदेश सभा क्षेत्र उपसभापति सुरेन्द्र केसीको नाम सिफारिस गरिएको जनाईएको छ।
त्यसैगरी सामानुपातिक तर्फबाट (ख ) का लागि रवि न्यौपाने, आईन्द्रबिक्रम केरुङ,भुमीराज राई,पदम बहादुर बुढाथोकी, गोकुल श्रेष्ठ, उद्धव दाहाल,गोपाल भण्डारी, राजकुमार गौतम,रोशन विष्ट,तेजबहादुर धिमाल, राजु राउत र महिलातर्फ मेनुका बुढाथोकी ,मन्दरा पौडेल चिमरिया,रमा लिम्बू र मिना कोइरालाको नाम रहेको छ ।
यसैगरी क्षेत्र (क ) बाट प्रत्यक्ष तर्फ जीवन कुमार राई, राजन ढुंगाना, अनिलकृष्ण प्रसाईंको नाम रहेको छ । यसैगरी समानुपातिक तर्फ रोहितकुमार शाह, लक्ष्मी बार्हकोटी प्रसाईं, पुन्य सिगदेल, किशोर पौडेल र पुन्य ढुंगानालाई सिफारिस गरिएको जनाईएको छ ।