दमकमा कानुन निर्माण सम्बन्धी अन्तरक्रिया सुरु


दमक,१६ भदौ । दमक नगरपालिकामा आजदेखि “सुशासन र कानुन निर्माणमा नगरपालिकाको भूमिका” बिषयक तिन दिने अन्तरक्रिया सुरु भएको छ । दमक नगरपालिका, कानुन समाज र स्थानीय सरकार सवलिकरण कार्यक्रमको आयोजनामा भएको कार्यक्रममा नगरपालिकाका कार्यपालिका सदस्य, बिधायन समितिका सदस्य, न्यायिक समितिका सदस्य साथै नगरपालिकाका शाखा प्रमुखहरु गरि ४२ जनाको सहभागिता रहेको छ ।
अन्तरक्रिया कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख राम थापाले यस कार्यक्रमले स्थानीय सरकारलाई आवश्यक पर्ने कानुन निर्माणमा सहयोग पु¥याउने उल्लेख गरे । सरकार सञ्चालनका लागि बिभिन्न कानुन निर्माणको क्रममा भएका समस्याहरु अब समाधन हुने उनले विश्वास व्यक्त गरे । कार्यक्रममा नगर उप प्रमुख रेगिना भट्टराईले तिन तहका सरकार मध्ये स्थानीय सरकार पनि एक भएकाले यसले निर्माण गर्नु पर्ने कानुनहरुका लागि यो कार्यक्रम उपलब्धिमुलक हुने औल्याईन् । सुशासन र पारदर्शिताका लागि हरेक बिषयको ऐन र कानुन आवश्यक पर्ने भएकाले नागरिकलाई सुशासन प्रदान गर्न पनि यो कार्यक्रम उपलब्धिमुलक हुने उनको जोड थियो ।
तिन दिने कार्यक्रममा संबिधानविद खिमलाल देवकोटा सहित अधिवक्ताहरु गणेशमान प्रधान, मोहन आचार्य र मधुसुधन चौधरीले सहजिकरण गरिरहनु भएको द एशिया फाउण्डेसनका प्रतिनिधि श्यम सापकोटाले जानकारी दिए । कार्यक्रममा सहभागीहरुलाई नमुना कानुन बनाउन लगाएरै कानुन निर्माण प्रक्रिया र प्रभावकारी कानुन बनाउने सम्बन्धि सहजिकरण गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published.