दमक बहुमुखी सहकारीको साधारणसभामा सम्मान तथा पुरस्कार

दमक ,१६ भदौं । दमक -१ स्थित दमक बहुमुखी सहकारी संस्थाले सोमबार आफनो २३ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । दमक ८ मा रहेको कस्मिक पार्टी प्यालेसमा एक कार्यक्रम गरि संस्थामा उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्यहरु, बालबचतकर्ता, एसईइ तथा स्नातक तह उत्तीर्ण गर्ने विद्यार्थीसहित ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम गरिएको थियो ।

सभामा एसइईमा उच्चतम अंक ल्याउने सामुदायिकतर्फ तपस्या सिग्देल, संस्थागत तर्फ निहारिका शर्मा, निशा काफ्ले र स्नातक उत्तीर्ण अनुस्का शर्मालाई नगद,कदर पत्र प्रदान गरिएको थियो । त्यस्तै, १० जना उत्कृष्ठ बालबचतकर्ता, उत्कृष्ठ कारोवार गर्ने २० जना र ज्येष्ठ सम्मान कार्यक्रमबाट ११ जना ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको संस्थाका सचिव रुपनारायण न्यौपानेले बताए ।

जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यतामा भएको सभाको उद्घाटनमा संस्थाका अध्यक्ष मोहनकुमार श्रेष्ठले सञ्चालक समितिका तर्फवाट अध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक द्रोर्णप्रसाद खनालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । ती दुवै प्रतिवेदन सभाको बन्दसत्रले सुझावसहित पारित गरिएको व्यवस्थापक पारषमणि अर्यालले बताए । २६०८ जना शेयर सदस्य रहेको उक्त सहकारीको शेयर पूंजी ३ करोड ३८ लाख १३ जार ८ सय पुगेको छ ।
साधारणसभा उद्घाटनमा प्रमुख अतिथि कोइराला, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, सहकारीका संस्थापक अध्यक्ष गजेन्द्रकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ लगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published.