दमक बहुमुखी सहकारीको २२ औं बार्षिक साधारणसभा सम्पन्न

दमक,१६ भदौं । दमक– १ स्थित दमक बहुमुखी सहकारी संस्थाले आइतवार विभिन्न कार्यक्रम गरि आफ्नो २२ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।दमक- ८ मा रहेको कस्मिक पार्टी प्यालेसमा सभाको आयोजना गरि संस्थाले तयार पारेको बार्षिक तथा लेखा प्रतिबेदन प्रस्तुतसहित उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई सम्मान र पुरस्कार प्रदान गरि सम्पन्न भएको हो । सभामा संस्थाले ७५ बर्ष माथिका दुई दर्जन बढी ज्येष्ठ शेयर सदस्यहरुलाई नगद सहित सम्मान गरेको थियो ।
सभामा संस्थाका अध्यक्ष मोहनकुमार श्रेष्ठले बार्षिक प्रतिबेदन र लेखा समितिका तर्फबाट संयोजक द्रोणप्रसाद खनालले लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए । दुबै प्रतिबेदन सभाको बन्दसत्रले सुझाव सहित पारित गरेको सचिब रुपनारायण नेउपानेले बताए । साधारणसभामा संस्थाका अध्यक्ष श्रेष्ठले गत आर्थिक वर्षको कार्यप्रगति संगै चालु आर्थिक वर्ष २०८१ -८२ का लागि गरिने नीति कार्यक्रमसहितको वजेट प्रस्तुत गरेका थिए । अध्यक्ष श्रेष्ठको प्रतिवेदनमा सदस्य केन्द्रीत राहत,शैक्षिक पुरस्कार,शेयर सदस्यको व्यवसायिक प्रवद्र्धन,मातृशिशु कल्याण सेवा,ज्येष्ठ सदस्यहरु सम्मान,जेहेन्दार विद्यार्थी सम्मान लगायतका कार्यक्रमलाई निरन्तरता दिनका लागि प्रस्ताव गरिएको छ ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यमा भएको सभामा दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
१७१५ जना सेयर सदस्य रहेको संस्थाको ३ करोड ३८ लाख १३ हजार ८ सय शेयर पूंजी पुगेको छ ।त्यस्तै कुल बचत ५० करोड ८९ लाख ६३ हजार ७ सय ४४,कुल लगानी १६ करोड ३४ लाख८५ हजार ६ सय ३३ रुपियाँ भएको प्रतिबेदनना उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.