दमकमा अग्नीग्रुपको नयाँ २ एस सर्भिस सेन्टर

दमक,१६ भदौं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता अग्नीग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका लागि दमकमा २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
दमकमा हाल सञ्चालनमा रहेको महिन्द्रा ट्रयाक्टरको ३ एस शोरुममा अब महिन्द्रा गाडीको लागि २ एस सर्भिस सेन्टर पनि थपिएको हो २ एस सर्भिस सेन्टरको बिहिबार औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । दमक नगरपालिकाका प्रमुख रामकुमार थापा , उपप्रमुख रेगिना भट्टराई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले संयुक्त रुपमा उदघाटन गरेका हुन् । सो अवसरमा अग्नीग्रुपका प्रतिनिधिहरु, स्थानीय सामाजिक तथा व्यवसायिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । अग्नी ग्रुपले हाल नेपालभर रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई सेवादिदैं आइरहेको छ । उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यले अग्नीग्रुपले आफ्ना सेवाहरु थप विस्तार गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.