दमक,१५ भदौं । प्रदेश १ का कृषि मन्त्री झलकसिंह दर्लामीले झापाको कमल गाँउपालिका वडा न. ६ मा रहेको पूजा सामाग्रि उत्पादन गर्ने कृषि फर्मको अवलोकन गरेका छन् ।दिब्य दृष्टि भनेरेसन एण्ड एग्रो कन्सर्न प्रालिले सञ्चालनमा ल्याएको पूजा सामाग्री उत्पादन स्थलमा पुगेर आज उनले नमुना कामको रुपमा रहेको यस फर्मको वजार व्यवसायिक र अन्य सहयोग पुरयाँउने प्रतिवद्धता जनाए ।
यहाँहरुले गरेको काम फरक र नुमना भएको भन्दै उनले पूजा सामाग्रीहरुमा अधिकाँश कृषि उत्पादनहरुको प्रयोग हुँदो रहेछ र यो फरक किसिमको काम देखेर खुसी लागेको उल्लेख गरे ।
पूजा सामाग्रीको रुपमा प्रयोग हुने तील, जौ लगायतका सामाग्रीहरु उत्पादनको बिषयमा पनि उनले चासो लिएका थिए ।
पूजा सामाग्रीमा शुरुवातमा पूर्वी नेपाल र मुलकलाई नै आत्मनिर्भर बनाउने उदेश्यले नव ग्रह समिधा, जटिबुटिजन्य हवन सामाग्री, नेपालको पहिलो उत्पादन परिमल, गोमुत्र, गंगाजल, सप्तधान्य, मह, बाटेको धुप लगायतका सामाग्रीहरु यहाँ उत्पादन तथा प्रशोधन र प्याकेजिङ हुँदै आएको फर्मका सञ्चालक यज्ञ प्रसाद आचार्य र विष्णुप्रसाद पोखरेलले जानकारी गराएका थिए ।
सञ्चालकद्धयले प्रत्यक्ष र अप्रत्यक्ष गरेर ५० भन्दा बढिले रोजगार पाइरहेको जानकारी गराए । गो मुत्र प्रशोधन केन्द्र स्थापना गर्ने उदेश्य अनुरुप काम भइरहेको समेत सो अवसरमा फर्मका सञ्चालकहरुले जानकारी गराउदै यसमा सहयोग गर्नका लागि आग्रह गरेका थिए । पूजा सामाग्रीको रुपमा प्रयोग हुने घर आँगनमा पाईने दुबो, कुश, अपमार्ग जस्ता सामाग्रीहरु समेतमा भारतमा आत्मनिर्भर हुनु पर्ने अवस्था रहेको भन्दै नेपाल भर आफ्ना उत्पादन पुर्याउन सहयोग गर्न सञ्चालक आचार्यले प्रदेश सरकारसंग माग गरेका छन् ।