बिर्तामोडमा बसको ठक्करबाट महिलाको मृत्यु

बिर्तामोड, १५ भदौ । बसको ठक्करबाट झापाको बिर्तामोडमा आज साँझ एक जना महिलाको मृत्यु भएको छ ।आज साँझ ५ः१० बजे बिर्तामोड–५ स्थित हिकोलाअगाडिको राजमार्गमा बिर्तामोड बसपार्कबाट बिर्तामोड पश्चिम स्टेन्डतर्फ जाँदै गरेको प्र। १–०२–००२ ख ००३५ नम्बरको यात्रुबाहक बसले बाटो काट्दै गर्दै गरेको प्र। १–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाईकलमा सवार इलाम माई नगरपालिका ४ गैरीगाउँ बस्ने ३० वर्षीया तुलसा पाँचकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बसका ठक्करबाट मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३६ वर्षीय ठिरप्रसाद सुवेदीलाई केही पनि भएन ।
ठक्करबाट घाइते पाँचकोटीलाई उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड पठाइएकोमा बाटोमा नै उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले ठक्कर दिने बस र बस चालक कनकाई -३ बस्ने २९ वर्षीय हिमाल विक र मोटरसाइकल चालक सुवेदी समेतलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.