देवकोटा चौंकमा पनि चाम्लिङ फोटो स्टुडियो

दमक,१५ भदौं । दमकमा तीन दशक बढी समयदेखि सञ्चालनमा आएको चाम्लिङ फोटो स्टुडियोले ग्राहकको सेवा सुबिधालाई मध्यनजर गर्दै शनिवारबाट दमककै देवकोटा चोकमा थप सेवा विस्तार गरेको छ ।
यो दोश्रो पसलको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ र दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले सयुक्त रुपमा रिबन काटेर उद्घाटन गरे ।
कार्यक्रममा दमक उद्योग बाणिज्य संकघका बरिष्ठ उपाध्यक्ष राजु खडका ,ंप्रथम उपाध्यक्ष राजकुमार योङया ,महिला उपाध्यक्ष सुष्मा निरौला, तृतीय उपाध्यक्ष रुबल अधिकारी ,फोटो ब्यवसायी संघ झापाका अध्यक्ष लक्ष्मी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । दमक चौंकमा यसअघि सो फोटो स्टुडियो सञ्चालित छ ।
त्यस अवसरमा व्यवसायीका अगुवाहरुले दमकमा चाम्लिङ फोटो स्टुडियोको ब्रान्डको चर्चा गर्नुको साथै आगामी दिनहरुमा प्राविधको प्रयोग गरि व्यवसायिक सफलताको शुभकामना मन्तव्य राखेका थिए । स्टुडियोका सञ्चालक सबिन राईले दोश्रो शाखा विस्तारका अवसरमा आर्कषक छुटको व्यवस्था गरिएको बताए ।

Leave a Reply

Your email address will not be published.