मेची नदीले बगाएका युवकको शव भेटियो

भद्रपुर, १४ भदौं । मेची नदीले बगाएर बेपत्ता भएका युवकको शव भेटिएको छ । सोमबार दिउँसो बेपत्ता भएका भद्रपुर नगरपालिका–३ रंगिलाचोक निवासी भुपाल भुजेलका १९ वर्षीय छोरा सामुएल भुजेलको शव आज बिहान पृथ्वीनगर क्षेत्रमा भेटिएकोे जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले बताए । शव भेटिएपछि परिवारलाई खबर गरिएको उनले जानकारी दिए ।
प्रहरीका अनुसार सोमबार दिउँसो साढे ४ बजे भद्रपुर–५ स्थित नर्सिङ बगान नजिकैबाट मेची नदी पौडिएर भारत जान खोज्दा सामुएललाई नदीले बगाएको हो। सामुएलसँगै उनका साथी पनि थिए । दुवै जना नदीमा पौडी खेलेर भारततर्फ जान लाग्दा एक जनालाई बगाएर बेपत्ता बनाएको डीएसपी पाठकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.