
झिलझिले,१४ भदौ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थीहरुले शिवसताक्षीमा नगर कमिटी गठन गरेका छन् । आज सम्पन्न नगरस्तरिय भेलाले बिरेन्द्र बस्नेतको अध्यक्षतामा २९ सदस्यीय अखिल (क्रान्तिकारी ) कमिटी गठन गरेका हुन् ।
गठित कमिटीको उपाध्यक्षमा अमर सुनुवार, सचिवमा दिपा बस्नेत ,सहसचिवमा सत्यम ताजपुरिया र कोषाध्यक्षमा सुष्मा राई चुनिएका छन् । यस्तै, सदस्यहरुमा
असिम राई, पाडुब ताजपुरिया, सबिना राई ,अप्सरा भेट्वाल, नवीन लकान्द्री, सुरज राई, समीर शिवा,जीवन राउत, प्रवेश माझी ,दिपेस नेउपाने प्,रदीप कार्की , रोशन प्रसाईं, बिष्णु बिक, अनिता बस्नेत , अनिता गजुरेल , प्रज्ञा बिश्वकर्मा लगायत रहेका छन् ।
वाइसिएलको वडा कमिटी
शिवसताक्षीमा योङ्ग कम्यनिष्ट लिंग (वाइसिएल ) को वडा कमिटि गठन भएको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलको शिवसताक्षी वडा नं १० मा जितेन्द्र साहको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन भएको हो ।
गठित कमिटीको उपाध्यक्षमा कुमार गौली, दिपक ऋषिदेब, सचिवमा गुन्जन जबेगु, सह–सचिवमा बिशाल गिरी र कोषाध्यक्ष राधिका निरौला (कुँवर ) चयन भएका छन् ।
त्यसैगरी सदस्यमा अमृत गौली, दिपक ऋषिदेव,नबराज कुँवर सुजन कार्की , सन्तोष तामाङ ,सुजन राया, मिलन चौलागाईं , धनवहाुर राई, यदुनाथ तिलिङ्,अभिषेक योगि, युवराज राई, आशिष न्यौपाने, सागर राई,कपिल सुवेदी, अर्जुन पालुङ्गा, उपेन्द्र खड्का, तेजु चौहान, किरण चौहान र भानु कुँवर चयन भएका छन् ।
वाइसिएल नगर कमिटी अध्यक्ष इन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र नगर अध्यक्ष महेन्द्र भट्टराईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा वाइसिएल नगर उपाध्यक्ष जिएन लिम्बु, वाइसिएलका निवर्तमान नगर अध्यक्ष भुवन राई, पार्टीका नगर कमिटी सचिवालय सदस्य धनकुमार ढकाल, रविन न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।