जिम्बाबवेका सिकन्दर राजा इपीएल खेल्न बिराटनगरमा आबद्ध

विराटनगर,१४ भदौं । जिम्बाबवेका सिकन्दर राजा एभरेष्ट प्रिमियर लिग-ईपीएल खेल्न बिराटनगर वरियर्समा आबद्ध भएका छन् ।बिराटनगरले आफ्नो पहिलो विदेशी खेलाडी भित्र्याउने क्रममा सिकन्दर राजासँग सम्झौता गरेको हो ।
बिराटनगरले सामाजिक सञ्जालमा सिकन्दर राजासँगको सम्झौताको पुष्टि गरेको छ । पाकिस्तानको सियालकोटमा जन्मिएका ३५ वर्षीय सिकन्दर सन् २००२ मा बुवाआमासँगै जिम्बाबवे सरेका थिए । उनी दाहिने हाते ब्याट्सम्यान र दाहिने हाते अफ स्पिन बलिङ गर्छन् ।
जिम्बाबवेका लागि १७ टेष्ट, १०५ अन्तर्राष्ट्रिय एकदिबसीय र ४२ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका सिकन्दरले अन्तर्राष्ट्रिय क्रिकेटमा चार शतक लगाएका छन् । टी ट्वान्टीमा उनले १०६ को स्ट्राइक रेटले एक अद्र्धशतकसहित ५२४ रन बनाउनुका साथै १३ विकेट लिएका थिए।

सन् २०१३ को सेप्टेम्बर महिनामा उनले पाकिस्तान बिरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा पर्दापण गरेका थिए । उनीसँग पाकिस्तान सुपर लिग, क्यारेबियाली प्रिमियर लिगसहित दर्जनौं फ्रेञ्चाइज क्रिकेटमा खेलेको अनुभब छ ।

Leave a Reply

Your email address will not be published.