कोरोनाबाट ट्राभल व्यवसायी खनालको मृत्यु

भद्रपुर , १४ भदौ । कोरोना संक्रमणबाट ट्राभल एजेन्सी संघ झापाका अध्यक्ष गोपाल खनालको मृत्यु भएको छ । भद्रपुर–८ मंगलचोक निवासी अनिमेष ट्राभल्स एण्ड टुर्सका संचालक ५३ वर्षिय खनालको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । कोरोना संक्रमण भएपछि उनलाई शुरुमा मेची अस्पतालमा भर्ना गरिएको थियो ।

त्यसपछि गत साउन २७ गतेदेखि उनको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको थियो । भेन्टिलेटरमा उपचारका क्रममा उनको मृत्यु भएको परिवारले जनाएको छ । मंगलधाम सेवा समितिका उपाध्यक्ष ,बौद्धिक बाटिका निर्माण समितिका उपाध्यक्ष ,झापा नेत्रहीन संघलगायतका संघसंस्थामा क्रियाशील उनी सामाजिक अगुवा रहेका थिए ।

Leave a Reply

Your email address will not be published.