वातावरण सचेतना सम्बन्धी वृतचित्रमा जेम्स उत्कृष्ठ पाँचमा

दमक,१४ भदौं । वृटिस काउन्सिलको “क्यामरा सिक” कार्यक्रम अन्तरगत “ प्रदुषित वातावरणले मानिसलाई स्वर्गवाट नर्कमा पुर्याउदछ” भन्ने शीर्षकमा प्रतिष्पर्धात्मक भिडियो प्रतिष्पर्धामा दमकको झापा मोडल अंग्रेजी स्कुल ( जेम्स ) उत्कृष्ठ ५ भित्र पर्न सफल भएको छ ।
मुलुक भरिको दर्जनौ विद्यालयले तयार पारेका भिडियोहरू मध्ये झापा मोडल वृटिस काउन्सिलको छनौँटमा उत्कृष्ठ ५ मा पर्न सफल भएको विद्यालयले जनाएको छ ।
यसअघि भने उत्कृष्ठ १५ विद्यालयहरू भित्र छनौट भएको थियो । उत्कृष्ठ हुनका लागि त्यस भिडीयोलाई धेरैले मनपराएर भोट दिनु पर्ने नियम रहेको थियो । त्यही भोटको आधारमा आज जेम्सले उत्कृष्ठ ५ भित्र छनौट हुन सफल भएको प्रिन्सीपल सागर श्रेष्ठले जानकारी दिए । विद्यालयले पाएको यस सफलता प्रति सवै अभिभावक ,शुभचिन्तकहरु प्रति आभार समेत व्यक्त गरेको छ । विद्यालयका संस्थापक निर्देशक जयबहादुर श्रेष्ठले विद्यार्थीहरुले अत्यन्त मेहनेतका साथ तयार गरेको वातावरण संरक्षण सम्बन्धी यस वृतचित्र धेरैले मनपराईदिनु भएकोमा धन्यवाद दिदै यस सफलता विद्यालय परिवारको नै भएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published.