आन्तरिक राजस्व दमकको प्रमुखमा रिजाल आउने

दमक ,१३ भदौं । आन्तरिक राजस्व कार्यालय दमकको प्रमुख कर अधिकृतमा पुन्यप्रसाद रिजाल आउने भएका छन् । हालका प्रमुख कर अधिकृत लवकुमार अधिकारीको ठाउँमा आन्तरिक राजस्व कार्यालय सिरहा लहानबाट रिजाल आउने भएका हुन् ।
अधिकारी भने आन्तरिक राजस्व कार्यालय इटहरीको प्रमुख कर अधिकृतको रुपमा जाने भएका हुन् ।
अर्थ मन्त्रालयले भन्सार, कर र राजस्व कार्यालयका ५८ जना उपसचिवको एकैसाथ सरुवा गरेको हो । मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार तातोपानी, जलेश्वर र कैलाली भन्सार कार्यालयका प्रमुखहरु फेरिएका छन् । काठमाडौं उपत्यकासहित मुलुकका आन्तरिक राजस्व कार्यालयका २३ जना प्रमुख फेरिएका छन् ।

Leave a Reply

Your email address will not be published.