कमल, १३ भदौं । झापाको कमल गाउँपालिका वडा न. ५ पारुहाङ चौक निवासी देवबहादुर राईको पुरानो काठको घरमा गएराति आगलागी भएको छ । आगलागीबाट घरमा बाँधिएको एउटा भैसी मरेको छ भने दुई वटा गाई घाईते हुनुका साथै केहि अन्न समेत जलेर नष्ट भएको छ ।
राती ८.३० बजे तिर अचानक आगलागी हुदाँ राईको करिव ८ लाख बढीको क्षति भएको पा्ररम्भिक अनुमान गरिएकोछ । यसैवीच , नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाले पीडितको घरमै पुगेर आज विहान एकथान त्रिपाल उपलव्ध गराएको छ । सहयोग सामाग्री हस्तान्तरणमा कमल ५ का वडा अध्यक्ष लालबहादुर बिष्ट, रेडक्रस सभापति चन्द्र शाह, सचिव पारषमणि राई, कोषाध्यक्ष प्रमोद दाहाल लगायतको उपस्थिति रहेको थियो ।
यसैगरि, आजनै गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले पनि पीडितकै घरमा पुगेर घटनाका बारेमा जानकारी लिएका थिए ।
