झापा, १३ भदौं । किरात याक्थुङ चुम्लुङ शिवसताक्षी नगर अधिवेशन आयोजक समितिको सक्रियतामा शिवसताक्षी नगरपालिका वडा न. ११ मा कियाचु वडा कार्य समिति गठन भएको छ ।
नगर अधिवेशन आयोजक समितिका संयोजक लगायत सदस्यहरूको विशेष उपस्थितिमा आज सम्पन्न भेलाले चुम्लुङ वडा न. ११ को वडा कार्य समिति चयन गरिएको हो।
भेलाले अम्बर आङ्देम्बेको अध्यक्षतामा चुम्लुङको वडा समिति गठन गरिएको छ । १५ सदस्यीय गठित वडा समितिको उपाध्यक्षमा भिम बहादुर सम्बाहाम्फे, सचिवमा राज कुमार सुब्बा, सहसचिवमा शेर बहादुर बेघा ,कोषाध्यक्षमा शोभा लिङ्देन र
सदस्यहरुमा तिल बहादुर तुम्बापो, थुम काम्बाङ, युवराज आङ्देम्बे, विजय साम्वा, राजेन्द्र थेबे, पूर्ण लिम्बु, कमल बहादुर आङ्देम्बे, मनु साम्यु, दिल माया लिम्बु, यामनाथ शेर्मा लगायत रहेका छन् ।