चाडपर्व भरि दमक वजार खुला रहने

दमक,१३ भदौ । नजिकिएको चाडपर्वलाई लक्षित गरि दमकमा अबदेखि शुक्रवार पनि वजार खुला हुने भएको छ ।
नेपालीहरुको महान चाड दशै,तिहार,छैठ लगायतका सांस्कृतिक चाडपर्वमा उपभोक्ताहरुलाई सहजता उपलव्ध गराउन बजार खुला राख्ने निर्णय भएको दमक उद्योग वाणिज्य संघले जनाएको छ ।
संघले विहिबार सूचना निकालेर  भोलिदेखि दशै,तिहार,छैठसम्मका चाडपर्व भरि दमक वजार खुला रहने उल्लेख गरेको छ । यसअघि भने दमकमा साताका एक दिन शुक्रवार वजार बन्द हुदैआएको थियो । चाडपर्वका समयमा उपभोक्ताहरुलाई आवश्यक सामागीहरु किनमेल गर्न सहज भन्ने ध्येयले अघिल्ला बर्षझै यसवर्ष पनि चाडपर्व भरि वजार खुला राख्ने निर्णय भएको संघका कार्यालय प्रमुख निरज विष्टले बताए ।

Leave a Reply

Your email address will not be published.