माछा मार्नेक्रममा डुबेर हास्दाको ज्यान गयो

बिर्तामोड, १२ भदौ । माछा मार्नेक्रममा पैनीमा डुबेर आज विहान बिर्तामोडमा एक जना युवकको ज्यान गएको छ । बिर्तामोड नगरपालिका १० तेलकानी निवासी २६ वर्षीय दिनेश हस्दाको घर नजिकैको पानी जमेको पैनीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए ।
उनका अनुसार मंगलबार बिहान हस्दा घर नजिकैको पैनीमा माछा मार्न गएका थिए। माछा मार्ने क्रममा पैनीमा डुबेर घाइते भएका उनलाई तत्काल उद्धार गरी अस्पताल लगिएको थियो ।
हस्दाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र घटना बारेमा इलाका प्रहरी कार्यालय बिर्तामोडले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.