पाठेघरको क्यान्सर पत्ता लगाउन भीआइए जाँच

पथरीशनिश्चरे , १३ भदौ । मोरङको पथरी शनिश्चरे नगरमा आइतबार वडा नम्बर ६ र १० मा महिलाहरुको पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन भीआइए परीक्षण गरिएको छ ।
नगर प्रमुख दिलीपकुमार राईले उद्घाटन गरेपछि वडा नम्बर ६ को मंगलबारेस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा र १० को त्रिवेणीचोक ऐयावारीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा जाँच सेवा सुरु गरिएको हो । ६ मा १० जना र १० मा ३ जनाको जाँच भएको स्वास्थ्य शाखाका एकराज खत्रीले जानकारी दिए । जसमा कसैको पनि क्यान्सरको समस्या देखिएको छैन । मंगलबारेमा जग्गादाता वीनादेवी ठकूरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।
स्वास्थ्यकर्मीका लागि तालिम प्रदान गरेपछि गत असारदेखि विभिन्न वडामा जाँच सुरु भएकोमा हालसम्म २ सय १९ जनाको परीक्षण भएको छ । यो सेवा नगर अस्पताल, शनिश्चरे र हसन्दह स्वास्थ्य चौकी तथा प्रत्येक आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुबाट नियमित रुपमा सञ्चालन गर्न थालिएको छ । क्यान्सरको समस्या देखिएकालाई नगर अस्पतालमै उपचारकालागि कोल्ड कगुलेसन थेरापी थालिएको छ । जसको नेतृत्व मेडिकल अफिसर डा.फरिन्दा गुरुङले गरेकी थिइन् ।

कोभिशिल्ड लगाएकालाई एष्ट़ाजेनिका दोस्रो खोप

मोरङको पथरीशनिश्चरे नगरमा कोरोना भाइरस विरुद्धको पहिलो मात्राको कोभिशिल्ड खोप लगाएका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई दोस्रो खोप लगाईएको छ ।
हिजो शनिबारदेखि वडा नं १, २,४,५,र ६ का ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई दोस्रो मात्राका रुपमा सरकारद्वारा व्यवस्था गरेको फरक कम्पनीको एष्ट्राजेनिका खोप लगाइएको हो ।
आज आइतबार पनि वडा नं ३, ५, ६, ७, ८ र १० मा खोप लगाउने काम भएको छ । वडा नं ५,,६ सहित सबै वडाका छुट रहेकाहरूलाई समेत यो खोप लगाइएको छ ।
उक्त खोप वडा नम्बर ३ र ७ का जेष्ठ नागरिकलाई आधारभूत स्वास्थ्य सेवा केन्द्र किरातीचोकमा, ८ का नागरिकका लागि शनिश्चरे स्वास्थ्य चौकी र १० का लागि वडा कार्यालयमा खोप लगाइएको छ । आजै हसन्दह स्वास्थ्य चौकीमा वडा नम्बर ५ र ६ का लागि दोस्रो मात्रा छुट भएकाहरुलाई खोप लगाइएको छ ।
भोलि १४ गते शनिश्चरे स्वास्थ्य चौकीमा वडा नम्बर ९ र सो क्षेत्रका दोस्रो मात्रा छुट रहेका तथा नगर अस्पतालमा पनि दोस्रो मात्रा छुटका लागि खोप लगाउने कार्यक्रम तय भएको छ । पहिलो मात्राको कोभिशिल्ड खोप लगाउनेको संख्या २ हजार ७ सय रहेको थियो ।
हिजो १२ गते पहिलो दिन वडा नम्बर १ का लागि आधारभूत स्वास्थ्य सेवा केन्द्र पथरी, २ का लागि नगर अस्पताल, ४ का लागि शनिश्चरे स्वास्थ्य चौकी, ५ का लागि स्वास्थ्य चौकी हसन्दह र ६ का लागि आधारभूत स्वास्थ्य सेवा केन्द्रमा खोप लगाउने काम भएको थियो ।
यसैगरी, गत साउन १२ र १३ गते भेरोसिलको पहिलो मात्रा लगाएकाहरुका लागि पनि आगामी भदोै १६ गते यसअघि तोकिएकै खोप केन्द्रबाट वडा नं १, २, ४ र ५ मा खोप उपलब्ध गराउने भनिएको छ भने १७ गते वडा नं ३, ६, ७, ८ र १० नं वडाका नागरिकलाई दोस्रो मात्राको खोप लगाइने तय भएको छ । १८ गतेका दिन दोस्रो मात्राको सवै छुटका लागि नगर अस्पताल, वडा नम्बर ९ तथा सो क्षेत्रका छुटका लागि शनिश्चरे स्वास्थ्य चौकी र हसन्दह क्षेत्रका लागि हसन्दह स्वास्थ्य चौकीमा खोप प्रदान गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published.