
इनर्जी ड्रिक पनि उत्पादन हुने
झापा,१३ भदौ । झापाको अर्जुनधारामा सञ्चालित फ्रुड एग्रो प्रालिले बदाम जुस उत्पादन शुरु गरेको छ । अर्जुनधारा–५मा अवस्थित फ्रुड एग्रो प्रालि २ वर्ष अघिदेखि उद्योग स्थापना गरि उत्पादन शुरु गरेको हो ।
भारतबाट वर्षेनी करोडौँ मूल्यमा आयत गरिने बदाम जुसलाई प्रतिष्थापन गर्न स्वदेशमा नै गुणस्तरिय जुस लगायतका पेयपदार्थको उत्पादन शुरु गरिएको उद्योगका सञ्चालक प्रेमकुमार पाण्डेले बताए ।
उनका अनुसार सुरुवाती चरणमा फ्रुड जम्प, सिम्प्ली मेङगो ड्रिक, फ्रुड रस मेङगो ड्रिकको उत्पादन गर्दै आएकाले अहिले भने उद्योगले यसै वर्षदेखि अर्जुनधारा बदाम ड्रिक, एटिएम बदाम ड्रिक, र एमटिआर बदाम ड्रिकको उत्पादन सुरु गरेको छ ।
उद्योगमा दमकका पाण्डेसँगै बिर्तामोडका व्यवसायी कुमार थापा र दमकका व्यवसायी बालकृष्ण गौतमले उद्योगमा लगानी गरेका छन् ।
उद्योगको उत्पादन पूर्वी नेपालदेखि पश्चिम महाकालिसम्म पुग्ने गरेको छ । बदाम ड्रिकको माग भने राम्रो रहेको उनी बताउँछन् । उपभोक्ताले पनि नेपाली उत्पादनलाई माया गर्ने गरेको उनले बताए । “हामी व्यापारिक घरानाका मानिस होइनौँ । केही लगानी गरौँ र मेहनत गरौँ भनेर उद्योग क्षेत्रमा हात हालेका हौँ” पाण्डेले बताए । उद्योगले डिडिसी र स्थानीय सहकारीबाट दुध लिने गरेको छ । अन्य कच्चापदार्थ भने भारतलगायत तेस्रो मुलुकबाट आयत गर्ने गरेको पाण्डेले बताए ।उद्योगवाट उत्पादित बदामले पूर्वीसहित देशका विभिन्न शहरहरुमा निर्यात हुदैआएको उनले जानकारी दिए । बजारमा बदाम जुसको माग उच्च भएकाले पनि आम उपभोक्ताले यसलाई मन पराईदिनु हुने उनको विश्वास छ ।
इनर्जी ड्रिक उत्पादन गर्ने
उद्योगले केही महिना भित्रै इनर्जी ड्रिक उत्पादन गर्ने लक्ष्य राखेको छ । “बजारमा इनर्जी ड्रिकको माग राम्रो छ । तर, उत्पादन लागत बढी छ । हामी चुनौतीलाई सामना गर्न सक्छौँ भन्ने उद्देश्यले अघि बढेका छौँ” वजारमा उपलव्ध भएका विभिन्न इनर्जी ड्रिक भन्दा आफनो उद्योगको उत्पादन गुणस्तरिय हुने दावी उनको छ । पाण्डे भन्छन् , “इनर्जी ड्रिक उत्पादन सुरु गरेपछि हामीसँग पुरै प्याकेज रहने छ ।” उद्योगले १ सय १५० जनालाई रोजगारी दिएको छ । साथै उद्योगले रसबरी, पनिर र अन्य मिठाइ उत्पादन गर्ने लक्ष्य राखेको छ ।
सरकारबाट सहयोग नभएको गुनासो
सरकारले उद्योग क्षेत्रलाई आवश्यक सहयोग नगरेको एग्रो उद्योगीको छ । पाण्डे भन्छन् “हाम्रो मुलुकमा उद्योगमा सरकारी लगानी हुँदैन, तर अन्य देशले भने उद्योगलाई लगानी गर्छन्, उनले भने, “सोहीकारण हामीलाई बजारमा प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ ।” उद्योगमा आवश्यक पर्ने इन्जिनियर र प्राविधिकसमेत भारतबाट झिकाउनु पर्ने अवस्था रहेको उनले सुनाए । नेपालको उद्योग क्षेत्रलाई हेर्ने हो भने पुरानै लगानी र पुरानै व्यवसायी हाबी छन् । हजुरबुवाले स्थापना गरेका उद्योगलाई नातिपुस्ताले सञ्चालनमा ल्याएका छन् । मुलुकमा नयाँ पुस्ताले खोलेका उद्योग चुनौती सामना गर्न नसकेर बन्द भएकाको सूची पनि लामै भएको उनले सुनाए ।
भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्नु नेपाली उद्योगको कमजोरी पक्ष उनको बुझाई छ । भारतमा उत्पादन हुने र नेपाल आयात हुने वस्तुको उद्योग सञ्चालन गर्नु त अझ चुनौती रहेको पाण्डे बताउँछन् ।