
खोटाङ, १२ भदौ ।खोटाङ हलेसी तुवाचुङ नगरपालिका- ८ धितुङकी ४२ बर्षीया पार्वती राईको लडेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे सोही स्थानमा रहेको खुरीखोला जंगलमा घाँस काट्न क्रममा भिरबाट ३० मिटर तल खसेर गम्भिर घाईते भएकी राईलाई उपचारको लागी हलेसीतर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो । घटनाका बारेमा ईलाका प्रहरी कार्यालय हलेसीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।