नेविसंघ दमक बहुमुखी क्याम्पस ईकाई समितिले तिज मनायो

दमक, १२ भदौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ दमक बहुमुखी क्याम्पस ईकाई समितिले तिज बिषेश कर्याक्रमको आयोजना गरेको छ । क्याम्पसको कार्यक्रम हलमा नव आगन्तुक बिद्यार्थीहरुलाई स्वागत गर्दै तिज पर्व मनाएको हो ।

दमक नगर उप प्रमुख तथा कांग्रेस प्रदेश १ की सदस्य रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा भट्टराईले शिक्षा बिकासको मुल आधार भएको भन्दै किताबी शिक्षासंग संगै अन्य अतिरिक्त कृयाकलापमा पनि जोड दिन बिद्यार्थीहरुलाई आग्रह गरिन् । सिक्ने र अध्ययन गर्ने क्रम कहिलै नसकिने भन्दै उनले नेपालको बिकासका लागी दक्ष जनशक्ति उत्पादन हुनु पर्ने बताईन् । कार्यक्रममा कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईं, नगर सचिव दिपेश दाहाल लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।

संघका क्याम्पस ईकाई सभापति अतित वान्तवा राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेविसंघकी ईकाई सदस्य रष्मी उप्रेतीले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published.