दमक,१२ भदौ । दमक- ९ मा रहेको सप्तश्री एकेडेमीले आज अभिभावक अभिमुखिकरण कार्यक्रम गर्नुका साथै तिज कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयका प्रमुख कार्यकारी अधिकृत हुकुमसिंह नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा दमक नगर उप प्रमुख रेगिना भट्टराई प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि दमक नगर उप प्रमुख भट्टराईले बालबालिकाको पहिलो बिद्यालय घरनै भएको भन्दै घरमा बालमैत्री वातावरण हुनु पर्ने औल्याईन् । कार्यक्रममा दमक वडा नम्बर ९ का वडा अध्यक्ष कुवेर भट्टराईको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा अभियन्ता कञ्चन घिमिरेले अभिभावकहरुलाई बालबालिकाको हेरविचार गर्ने बिषयमा जानकारी गराएका थिइन् । बालबालिकालाई हुर्काउने बढाउने साथै जीवन बिकासमा सकारात्मक कुराको प्रभाव पार्ने बिषयमा घिमिरेले अभिभावकहरुलाई जानकारी गराएकी थिइन् ।
कार्यक्रममा बिद्यालयमा अध्ययनरत बालबालीकाहरुले आकर्षक गीत तथा नृत्यहरु प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए भने तिजको दर खाएर अभिभावकहरुले समेत रमाईलो गरेका थिए ।