रथयात्रामा मदिरा व्यवसायीले जुस बाँडे

दमक,१२ भदौं । मदिरा ब्यबसायी संघ माइपश्चिम क्षेत्रीय समिति दमकले मंगलबार दमकमा निकालिएको वृहत श्रीकृष्ण रथयात्रामा सर्बसाधारणहरुलाई जुस वितरण गरेको छ ।
रथयात्रामा सहभागि हुने सर्बसाधारणलाई लक्षित गरि २० कार्टुन बढी जुस वितरण गरिएको संघका अध्यक्ष दिनेश मैनालीले बताए । दमक चोकमा स्टल राखेर जुस वितरण गरिएको उनले बताए ।ती जुस फ्रुट एग्रो प्रोडक्ट प्रालि अर्जुनधाराका सञ्चालक युवा उद्यमी प्रेम पाण्डेले सौजन्य गरेका थिए ।

यसैगरि रथयात्रामा सहभागि हुन आएका भक्तजन तथा सर्वसाधारणहरुलाई पानी तथा जुस उपलव्ध गराउन दमक -१ मा रहेको आशिष कोल्ड सेन्टरले ६कार्टुन मानिया जुस र १२ कार्टुन पानी ,दमक -७ को न्यू सन्तोष कोल्ड सेन्टरले १० कार्टुन पानी,सोमिया सप्लायर्स र साह स्टोर्सबाट ५ कार्टुन जुस समेत सौजन्य गरेका थिए ।
जुस वितरण कार्यक्रममा नवगठित संघका पदाधिकारी ,सदस्यहरुको उपस्थिति रहेको थियो ।यसैगरी संघले सदस्यता नवीकरण तथा बिस्तार कार्यलाई तीव्रता दिइएको संघका सचिब तोर्ण बस्नेतले बताए । लामो समय संघदेखि निस्कृय बनेको यस संस्थाको आवश्यकता महषुष गरि पुनः क्रियाशील गर्न लागिएको उनको भनाई छ ।

जिल्लाको माईपश्चिम क्षेत्रमा करिब एक सयका हाराहारीमा मदिरा ब्यबसायीहरु छन् । व्यवसायिक हकहित संगै मदिरा व्यवसायलाई मर्यादित व्यवसायका रुपमा स्थापित गर्न संघलाई थप शसक्त बनाउने निर्णय गरिएको अध्यक्ष मैनालीले बताए।

Leave a Reply

Your email address will not be published.