दमकमा पुष्पलाल मित्रता र अखिल फोर्स गठन

दमक,१२ भदौं । दमकमा पुष्पलाल मित्रता केन्द्र र अखिल फोर्स दमक नगर कमिटी एकैसाथ गठन गरिएको छ । पुष्पलाल मित्रता केन्द्र झापाका अध्यक्ष मणि भण्डारीको अध्यक्षता र प्रदेश १ का उपाध्यक्ष तथा दमक नगरपालिकाका पूर्व नगर प्रमुख इन्द्र बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा शनिवार यहाँ एक कार्यक्रम गरि एकैसाथ ती कमिटी गठन गरिएको हो ।
२५ सदस्यीय गठित पुष्पलाल मित्रता केन्द्र दमकको अध्यक्षमा महेश घिमिरे ,उपाध्यक्षद्धयमा बिराटजंघ जबेगु (लिम्बु ), हमला प्रसाई, सचिवमा सुमन कार्की, सहसचिवमा अनिलदेब राई र कोषाध्यक्षमा प्रेम भुजेल चुनिएका छन् । यस्तै, सदस्यहरुमा चन्द्र थापा,सौरभ भट्टराई, नरेश भण्डारी, युबराज दुलाल,कमल नेउपाने ,ललित माझी ,किरण भट्टराई , मदन गुरुङ ,खगेन्द्र नेपाल ,उमेश चौलागाईं ,प्रबल भण्डारी , डम्बर आङदेम्बे ,खगेन्द्र कार्की ,जुलन गजमेर (उमेश ) , कल्पना श्रेष्ठ ,मन कुमार दर्नाल ,राजु भट्टराई , देबिमाया श्रेष्ठ (धिमाल ) र रोशन भण्डारी चुनिएका छन् ।
यसैगरि केन्द्र प्रसाईको संयोजकत्वमा १८ सदस्यीय एक सल्लाहकार कमिटी समेत गठन गरिएको छ । गठित सल्लाहकार कमिटीको सदस्यहरुमा शान्ति राम आचार्य
,हरि नेपाल,भिम दाहाल ,टीका प्रसाई,जीवन सेढाई ,मदन ढकाल,चैतन्य लामिछाने (निर्मल ), मदन पौडेल ,तिर्थ नेपाल ,तिर्थ नारायण श्रेष्ठ ,लालबहादुर श्रेष्ठ ,कमल कटुवाल ,लक्ष्मी खनाल , शशि पौडेल ,नारायण प्रसाई, बिष्णु नेउपाने र चित्र ढकाल रहेका छन् ।
राईको अध्यक्षतामा अखिल फोर्स
सोहि अवसरमा रतन चाम्लिङ राईको अध्यक्षतामा २१ सदस्यीय अखिल फोर्स नगर कमिटी गठन गरिएको छ । गठित कमिटीको उपाध्यक्षमा सावन ढकाल ,सचिवमा अभिसेक घिमिरे ,सहसचिवद्धयमा दिपक भट्टराई ,मन्जुल भट्टराई र कोषाध्यक्षमा शिब कुलुङ चुनिए भने सदस्यहरुमा आयुसमान पोख्रेल,रबिन अधिकारी ,सुजन भण्डारी ,मदन बिश्वकर्मा,मनिप धिमाल,शुनिल निरौला, एन्जिल खरेल,हेमराज मगर
,महोमद अली, सनम राई, मुकेश खत्री ,सजल आचार्य , अशोक राई, सुशान राई चुनिएका छन् ।
उक्त कार्यक्रममा नेकपा (एकीकृत समाजबादी ) झापाका नेता निलमणि बराल र अखिल फोर्सका केन्द्रीय सहसंयोजक रोशन भण्डारी, केन्द्रीय सदस्य मदन गुरुङ लगायतको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.