मेची सहकारीको रक्तदान, ७२ पिन्ट रगत संकलन

दमक,११ भदौं । दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाको २८ औ बार्षिकोत्सव तथा ३० औं साधारणसभाका अवसरमा मंगलवार दमकमा आयोजित रक्तदानमा ७२ पिन्ट रगत संकलन भएको छ ।
सहकारीको प्राङगणमा भएको रक्तदानमा १३ महिला सहित ७२ जनाले रगतदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा संस्थाका पूर्व अध्यक्ष रोमनाथ ओली, प्रमुख कार्यकारी खोमप्रसाद वगाले,सञ्चालकहरु मिना कोइराला , शेयर सदस्य तथा सर्वसाधारणहरुले रगतदान गरेका थिए ।
रक्तदाताहरुलाई संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराई, रेडक्रस उपशाखाका सभापति प्रकाश बुढाथोकीलगायतले प्रंशसापत्र हस्तान्तरण गरेका थिए। सहकारीले साधारणसभाका अवसर पारेर बर्षेनी रक्तदान कार्यक्रम गरिआएको छ ।
यसैगरि, सहकारीले भोलि बुधबार साधारणसभाको एकीकृत माइन्यूट प्रमाणीकरण गरि समापन गरिने कार्यक्रम रहेको वरिष्ठ उपाध्यक्ष पदम थापाले बताए। आन्तरिक मामिला मन्त्री राम रानाको प्रमुख अतिथ्यतामा हुने सो सभामा सम्मान,पुरस्कार लगायतका कार्यक्रम गरि सम्पन्न गरिने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published.