दमक ,११ भदौं। नेपाल विद्यार्थी संघले दमक बहुमुखी क्याम्पसमा अध्ययनरत एक जना विरामी सहपाठीलाई सहयोग उपलव्ध गराएको छ ।
पाँचथर घर भई हाल दमकमा बसेर विएड प्रथम वर्षमा अध्ययनरत छात्रा समीक्षा राईलाई उपचारका लागि ५६ हजार सहयोग प्रदान गरिएको नेविसंघका भापा जिल्ला सचिव जितेन चाम्लिङले जनाएका छन् । उनका अनुसार नेविसंघ दमक बहुमुखी क्याम्पस इकाई सचिव सचिन श्रेष्ठको नेतृत्वमा संकलित सहयोग बिरामीको परिवारलाई हस्तान्तरण गरिएको हो ।
केहिदिन अघि सदिक्षा सुतेको अवस्थामा पक्षघात भई हाल बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारत छिन् । उनको अवस्था सुधारोन्मुख रहेको पारिवारिक स्रोतले जनाएको छ ।
आर्थिक अवस्था नाजुक भएका राई परिवारले छोरीको जीवन बचाईदिन गुहार गरेका छन् । हालसम्म १५ लाख बढी खर्च भईसकेको र थप उपचार गर्न अझै खर्च चाहिने र आफूहरुसंग जायजेथा नहुदाँ सवै मनकारीहरुसंग सहयोगको याचना गरिएको विरामीका बुबा भूमिचन्द्र चाम्लिङ बताए ।
यसैवीच, सदिक्षाको उपचारमा सहयोग पुरयाँउन उनका आफन्तहरुले बचाउ अभियान सञ्चालन गरिआएको अभियानमा सलंग्न जुमिला राईले बताईन् । उनीसंगै अभियानमा देउकुमार राई लगायत संलग्न छन् । विरामी सदिक्षाको उपचारमा इच्छुकले सहयोग गर्न चाहे जुमिला राईको लक्ष्मी सनराईज बैकको बचत खाता न.०७४४८०३१४१० मा जम्मा गर्न सकिने उल्लेख गरेका छन् ।