दमक,१० भदौ । झापामा किरात याक्थुङ् चुम्लुङले आजदेखि विभिन्न कार्यक्रम गरि आफनो ३५ औं स्थापना दिवस सप्ताहव्यापी मनाउन शुरु गरेको छ ।भदौ १७ गतेसम्म मनाइने चुम्लुङ सप्ताहव्यापी कार्यक्रमको आज दमकस्थित किरात भवनमा एक कार्यक्रमका बीच चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लावतीले शुभारम्भ गरे ।
सप्ताहव्यापी स्थापना दिवस कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथि लावतीले चुम्लुङले आफनो स्थापना दिवस यसवर्ष भव्य रुपले मनाउन लागेकोमा खुसी व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय चुम्लुङ सदस्य गुमानसिंह सम्बाहाङ्फे, लिम्बुवान प्रदेश सदस्य बिक्रम वनेम फागो, चुम्लुङकी पूर्व सदस्य गंंंगासागर राई सेर्मा, पूर्व जिल्ला सदस्य नरेनहाङ् लिम्बू, कमल गाउँ शाखा अध्यक्ष दिवस लिम्बू लगायतले सप्ताहव्यापी कार्यक्रम भव्य र सभ्य रुपले सम्पन्न हुन सकोस् भनि शुभकामना दिएका थिए ।
स्थापना दिवस मूल समारोहका संयोजक सेसेहाङ फियाक लिम्बूको सभापतित्वमा सम्पन्न शुभारम्भ समारोहमा कियाचु दमक नगर शाखा अध्यक्ष देवेन्द्र चेम्जोङ्ले स्वागत मन्तव्य राखेका थिए भने चुम्लुङ् दमक नगर सचिव सुखबहादुर सोदेम्बाले कार्यक्रम सञ्चालन गरेका थिए ।
सप्ताहव्यापी कार्यक्रम अनुसार भदौ ११ गते गौरादह नगरपालिका वडा न.ं ५ स्थित बालुबथान शनिश्चरे बजारमा शुभ–कामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।