कारितासद्धारा दमक अस्पताललाई व्लड एनलाइजर मेसिन प्रदान

दमक,११ भदौ । कारितास ईन्टरनेशनलको आर्थिक सहयोगमा कारितास नेपालले दमक अस्पताललाई व्लड एनलाईजर मेसिन हस्तान्तरण गरेको छ ।
दमक अस्पताल परिसरमा शुक्रवार एक कार्यक्रम गरि अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा उपमेयर गीता अधिकारी र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर खड्ग लिम्वुलाई सो मेसिन हस्तान्तरण गरिएको हो ।
कोभिड तथा अन्य बिरामीलाई रगतमा सोडियम, पोटासियम, क्यालसियम लगायत रोगहरुको अवस्था पत्तालाउन सहयोगी हुने मेसिन तथा त्यसमा लाग्ने केमिकल र अक्सिमिटर, थर्मोमिटर, सेनिटाईजर माक्स लगायतका स्वास्थ्य सामाग्रीसहित २० थान कोरोना किट समेत हस्तान्तरण गरिएको हो ।
सहयोग सामाग्री हस्तान्तरणमा बोल्दै कारितास नेपाल दमक कार्यालय प्रमुख देवेन्द्र पोख्रेलले कारितासले बिपद तथा महामारीमा विभिन्न सहयोग गरिरहेको र हाल कोरोना महामारी रोकथामा तथा नियन्त्रणका क्रममा नेपालभरिनै विभिन्न जिल्लाहरूमा विभिन्न स्वास्थ्य सामाग्री तथा खाद्यान्न सहयोग गरिरहेको जानकारी दिए । सोहि कार्य अन्र्तगत कारितासले यस अस्पताललाई ब्लड एनलाईजर मेसिन र कोरोना कीट बितरण गरिएको वताए । ्
कार्यकममा दमक नगर पालिका प्रमुख रोमनाथ ओलीले यस मेसिनले अस्पतालको सेवा प्रवाहमा थप सहयोगी बन्ने वताउदै सहयोगी संस्थालाई धन्यवाद प्रदान गरेका थिए । कार्यकममा दमक जेसीजका अध्यक्ष शुयोग खरेल, लायन्स क्लव अफ माउण्ट एभरेष्ट दमकका निवर्तमान अध्यक्ष दिनेश अग्रवाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम कारितास नेपालका गोविन्द राज कट्टेलले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.