मेची सहकारीको रक्तदानमा ८२ पिन्ट रगत संकलन

दमक,११ भदौ । दमकमा शुक्रवार आयोजना गरिएको खुला रक्तदानमा ८२ पिन्ट रगत संकलन भएको छ ।दमक ६ स्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाको २५ औ बार्षिकोत्सव तथा २७ औं साधारणसभाका अवसर पारेर आयोजना गरिएको खुला रक्तदानमा २४ महिलासहित ८२ जनाले रगतदान गरेको संस्थाले जनाएको छ ।
रक्तदान दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओली लगायत सहकारीका सदस्य,कर्मचारी तथा सर्वसाधारणले रक्तदानमा सहभागी भएका थिए । रक्तदाताहरुलाई प्रदेश सांसद अर्जुन राईले प्रशंसापत्र वितरण गरेका थिए ।
रक्तदान नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको प्राविधिक सहयोग भएको थियो । कोरोना महामारीका समयमा विरामीलाई अभाव हुन नदिन रक्तदान गरिएको व्यवस्थापक खोमप्रसाद बगालेले जानकारी दिए । संस्थाले महामारीका वीच स्वास्थ्य सावधानी अपनाउदै बार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरिएको उनले बताए ।
यसैवीच संस्थाको भोलिदेखि छैठौ कार्यकालका लागि सञ्चालक समितिको निर्वाचन कार्यक्रम शुरु गरिने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.