कर्णालीको पाडाजुंगीमा सेवाकेन्द्र सदस्यहरुको बिस्तारित भेला

दमक ,१० भदौ । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थाले आइतवार दमक ईलाका अन्तर्गतका सेवाकेन्द्रका सदस्यहरुको बिस्तारित भेला सम्पन्न गरेको छ । जिल्लाको कमल गाउँपालिका पाडाजुंगीमा दमक, नमुना ढुुुकुरपानी, लखनपुर, गौरादह, जुरोपानी, बैगुन्धुरा र क्याम्पा सेवा केन्द्रका सदस्यहरुको बिस्तारित भेला सम्पन्न भएको शिक्षा उप समिति संयोजक भुपाल बस्नेतले बताए । कर्णाली सहकारीको शिक्षा उप समितिको आयोजनामा भएको बिस्तारित भेलामा करिब सवा सय सदस्यहरुको उपस्थिति रहेको थियो ।
सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा सदस्यहरुले बिषेश उपचार कोष, कर्जा सुरक्षण कोष लगायतका कोषहरुका बारेमा सदस्यहरुले जिज्ञासा राखेका थिए ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले कर्णाली सहकारी पुर्ण रुपमा सदस्य मुखी भएकोले यस्ता कार्यक्रमहरु निरन्तर गर्दै आएको बताए । समय समयमा सदस्यहरुको सुझाव र सल्लाह लिँदै संस्थाका नीति नियमहरु बनाउने भन्दै उनले सदस्यहरुले पनि संस्थाले बनाएका हरेक कार्यक्रममा सक्रिय सहभागीता जनाउनु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published.