उर्लाबारी,१० भदौ । मोरङको उर्लाबारी उद्योग वाणिज्य संघको चुनाबी साधारणसभाबाट अध्यक्षसहित बहुमत सदस्यहरुमा लोकतान्त्रिक समावेशी साझा गठबन्धनले जितेको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, जसपासहितको लोकतान्त्रिक समावेशी साझा गठबन्धनबाट अध्यक्षमा तारामान सेरेङसहित बहुमत पदाधिकारी एबं सदस्यहरु निर्वाचित भएका हुन् ।
घोषित अन्तिम मतपरिणाम अनुसार सेरेङले आफना प्रतिद्धन्दी बिनोद न्यौपानेलाई ३१ मतको अन्तरले विजयी भए । अध्यक्ष सेरेङले ५ सय १२ मत र न्यौपानेले ४ सय ८१ मत पाएका थिए । सेरेङ गठबन्धनतर्फबाट उम्मेद्वार हुन् भने न्यौपानेले स्वतन्त्र उम्मेद्वारी दिएका थिए । तश्रोे बनेका अध्यक्षका प्रत्यासी एमालेका रामबहादुर थापाले १ सय २७ मत मात्रै प्राप्त गरे ।
त्यस्तै, बरिष्ठ उपाध्यक्षमा स्वत्रन्त्रका ज्ञानकुमार श्रेष्ठ (ज्ञानु)ले १ सय ४३ मतको अन्तरले प्रतिद्वन्दी गठबन्धनकी निर्मला चौहान (निरु) लाई पराजित गरेका थिए । श्रेष्ठले ५ सय ९ मत र चौहानले ३ सय ६६ मत पाएका थिए । त्यस्तै,एमालेका इन्द्रबहादुर भट्टराईले १ सय ५६ मत पाए भने स्वतन्त्र मनोहरि दाहालले ६१ मत प्राप्त गरेका थिए ।
त्यस्तै, उद्योग उपाध्यक्षमा एमालेका सुनिल बोहोरा निर्वाचित भए । उनले ५ सय ८९ मत पाए भने उनका निकटतम प्रतिद्वन्दी गठबन्धनका प्रभू राईले ४ सय ४८ मत पाएका थिए । त्यस्तै, वाणिज्य उपाध्यक्षमा एमालेका विकास बुढाथोकी (६४६ ) मत पाएर विजयी हुदाँ उनका निकटतम प्रतिद्वन्दी गठबन्धनका रामप्रसाद धिमाल (बाङ्गाई) ले ३ सय ६७ मत पाए ।
त्यस्तै, महासचिबमा एमालेकी सम्झना खतिवडा विजयी भईन् । खतिवडाले ४ सय २२ मत पाईन् भने उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र नुतन राई (पिके) ले २ सय ६६ मत पाए । त्यस्तै, गठबन्धनका पवन चौधरीले २ सय ५३ र टिकाप्रसाद भट्टराई (भाईटिका) ले १ सय ५४ मत मात्रै पाएका थिए ।
त्यस्तै, उद्योग सचिबमा गठबन्धनका भेषबन्धु निरौला ६ सय ९१ मतका साथ विजयी भए । उनका निकटतम प्रतिद्वन्दी एमाले प्यानलका यज्ञबहादुर बस्नेतले ३ सय ३६ मत मात्रै पाए । त्यस्तै, वाणिज्य सचिवमा गठबन्धनका राजकुमार श्रेष्ठ (मकै)ले ५ सय ८९ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी एमालेकी विनिता दाहालले ४ सय ६५ मत मात्रै पाएकी थिइन् ।
त्यस्तै, कोषाध्यक्षमा गठबन्धनका दशरथ यादब (बेचन) ले ६ सय ३५ मत ल्याएर विजयी हुदाँ उनका निकटतम प्रतिद्वन्दी नन्दकुमार दाहाल ४ सय १२ मत मात्रै पाए । त्यस्तै, कार्यसमिति सदस्यमा गठबन्धनका केशब भट्टराई (७३७) सर्वाधिक मतका साथ विजयी भए । गठबन्धनकै फुर्वा तामाङ (छिरिङ) ६ सय ५३, दिपेन्द्र कार्की (दिपक) ६ सय ४७, मदनप्रसाद दाहाल ६ सय ४३ र सोमबहादुर गजमेर ५ सय ५५ मत ल्याएर विजयी भए ।
कार्यसमिति सदस्यमा भगीमाया भट्टराई (निलम कोइराला) ५सय २४, तिर्थ अधिकारी ४ सय ६५ र कपलेश्वर नायक (सूडी) २ सय ३८ले मत पाएर पराजित बने । उनीहरु तीनै जना एमाले प्यानलबाट उम्मेद्वार बनेका थिए । त्यस्तै, लेखा समिति सदस्यमा गठबन्धनका बासुदेव घिमिरे (बासु) ६ सय ५६ मत र एमालेका इन्द्र दाहाल ५ सय ५६ मत ल्याएर विजयी बने भने गठबन्धनका मोहनलाल पाठक ३ सय ९६ मत ल्याएर पराजित भए । लेखा समिति संयोजकमा भने गठबन्धनका मनोज लुईटेल सर्वसम्मत निर्वाचित भएका थिए । आइतवार भएको संघको निर्वाचनमा १ हजार २ सय १२ मतदाता रहेकोमा १ हजार १ सय ३७ मत खसेको थियो ।