पार्टी पुनर्गठन दिवसमा नेकपा एसद्धारा शुभकामना आदानप्रदान

 बिर्तामोड, ९ भदौ । नेकपा (एकिकृत समाजवादी) जिल्ला कमिटी झापाको आयोजनामा आज दोस्रो पार्टी पुनर्गठन दिवस मनाईएको छ । दिवसको अवसरमा बिर्तामोडस्थित पाटी कार्यलयमा एक कार्यक्रमबीच शुभकामना आदानप्रदान गरिएको छ ।
जिल्ला कमिटी झापाका अध्यक्ष बेदराज रेग्मीको अध्यक्षता र जेष्ठ कम्युनिष्ट मञ्च तथा किसान महासँघरका वरिष्ठ उपाध्यक्ष देवी वरालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको सो कार्यक्रममा जिल्ला कमिटी सदस्य प्रेम सागर सापकोटा, श्री मिश्र, कमल बुढाथोकी, इन्द्र निरौला, केदार ओडारी, मेहरमान राजबशी, दिपक दुलाल लगायतले आआफ्नो धारणा सहित शुभकामना मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा जिल्ला कमिटी सदस्य पदम सुब्बाले स्वागत र जिल्ला कमिटी सदस्य बिपि भट्टराईले सन्चालन गरेका थिए।

Leave a Reply

Your email address will not be published.