शहिद रत्न आविको अध्यक्षमा तुम्रोक

दमक ,९ भदौ । झापाको कमल गाउँपालिका ५ सिम्लेस्थित शहिद रत्न आधारभूत विद्यालयको अध्यक्षमा उमेश तुम्रोक चुनिएका छन् ।
विद्यालयमा हालै बसेको अभिभावकहरुको भेलाले तुम्रोकको अध्यक्षतामा नौ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।
गठित समितिको सदस्यहरुमा गंगा राई , बिष्णुमाया सम्बाहाम्फे, चक्रबहादुर राई, सुमित्रा धमला, सृजना सार्की ,शिक्षक प्रतिनिधितर्फ कुवेरप्रसाद भट्टराई ,पदेन सदस्य चुरुहाङ लावती (वडा सदस्य )र सदस्य सचिवमा प्रधानाध्यापक सन्त चोङ्बाङ रहेका छन् ।

Leave a Reply

Your email address will not be published.