अध्यक्ष राईको लगानीमा संखडुबा सुकुमबासी बस्तीमा सडक बत्ती

दमक,८ भदौ । झापा, कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले कमल वार्ड न. ६ स्थित मैनाखोता,संखडुबा सुकुमबासी बस्तीमा सडक बत्ती जडान गरिदिएका छन् ।आफनो व्यक्तिगत करिव १ लाख रुपैयाको लगानीमा त्यस बस्तीका सडकमा ४५ वटा बत्ती जडान गरिदिएका उनका स्वकीय सचिव रोशन दाहालले बताएका छन् ।
रातीपख त्यस ठाँउको सडकमा हिड्डुल गर्न समस्या हुदैआएको गुनासो आएपछि अध्यक्ष राईले त्यहाँ सडकबत्ती जडान गरि झिलीमिली गरिदिएका हुन् ।सडकबत्ती बलेपछि त्यस बस्तीका स्थानीयहरु खुसी भएका छन् । सुकुमबासी बस्तीको सडकमा बत्ती जडान अहिले नै होला नलागेको भन्दै स्थानीय सरोज राजवंशीले तर यस पालिकाको अध्यक्षकै पहलमा बत्ती बल्दा आफूहरु हर्षित भएको बताउँछन् । सामाजिक कार्यमा सक्रिय अध्यक्ष राईले यसअघि आफनो जन्मदिन लगायतका अवसर पारेर कमलका विपन्न ,असहायहरुलाई सहयोग गरिआएका छन् ।

Leave a Reply

Your email address will not be published.