कोरोना संक्रमणबाट इलाममा तीनको मृत्यू

इलाम,९ भदौ । कोरोना भाइरसको संक्रमणबाट इलाममा बुधबार तीन जनाको मृत्यू भएको छ ।संक्रमणबाट मृत्युहुनेमा अलैँची व्यवसायी महासंघ इलाम शाखाका अध्यक्ष समेत रहेका इलाम नगरपालिका वडा नं ७ निवासी ६० वर्षीय विजय खाकी, माईजोगमाई गाउँपालिका वडा न‌ं ३ की सदस्य ४५ वर्षीया मेनुका कठेतको र इलाम नगरपालिका वडा नं ७ कि एक ६० वर्षीया महिलाको निधन भएको छ । खाकीको मंगलबार राती र कठेतको बुधबार विहान निधन भएको हो ।
शसस्त्र प्रहरी अस्पताल हलचोक काठमाडौँमा उपचारको क्रममा खाकीको निधन भएको बताइएको छ । झण्डै एक हप्ता अगाडी खाकीलाई उपचारका लागि काठमाडौँ लगिएको थियो । वडासदस्य कठेतको विर्तामोडस्थित विर्तासिटीमा उपचारको क्रममा निधन भएको हो ।

Leave a Reply

Your email address will not be published.