उर्लाबारीको रेडिमेन्ट पसलमा आगलागी

उर्लाबारी, ८ भदौ । मोरङको उर्लाबारी –६ स्थित एक कपडा पसलमा मध्यरातमा आगलागी भएको छ ।इलाका प्रहरी कार्यालय अगाडिको ‘किड्स एण्ड मोर’ नामको पसलमा आगलागी हुँदा २५ लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार शनिबार बिहान १ बजे एक्कासी पसलमा आगो देखिएको थियो ।

आगो देखिनासाथ उर्लाबारी, पथरी, दमक, कानेपोखरीको दमकल, प्रहरी र स्थानीयको प्रयासमा ४० मिनेट आगो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक दासले बताए। विद्युत सर्किट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

भोलामान श्रेष्ठको सो घरमा उर्लाबारी –७ का कुलबहादुर थापाले पसल गर्दै आएका थिए । सटरमा लागेको आगोका कारण छेउमै फलफूल पसल गर्ने उर्लावारी –६ का फूलमाया श्रेष्ठको पसलमा समेत क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published.