दमक,७ भदौ । दमकमा जेएफ सेक्युरिटिजले आफनो शाखा कार्यालय स्थापना गरेको छ । दमक -५ मा जागृति मार्गमा आज एक कार्यक्रम गरि विधिवत शाखा सञ्चालनमा ल्याईएको शाखा प्रमुख भरत न्यौपानेले जानकारी दिए ।
शाखा कार्यालयको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले उद्घाटन गरे । यो जिएफ सेक्युरिटिजको तुलसीपुर पछि दोश्रो शाखा हो ।नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त जेएफ सेक्युरिटिज कम्पन्नीले यस क्षेत्रका कारोवारीलाई लक्षित गरि शाखा सञ्चालनमा ल्याईएको कम्पन्नीकी अध्यक्ष विजया जोशीले बताईन् ।
सो कार्यक्रम नगर प्रमुख थापाले शेयर कारोवार गर्नेलाई सुविधा पुरयाँउन उद्देश्यले स्थापना भएको यस शाखाबाट यस क्षेत्रका सेवाग्रहीहरुले सहजता पाउने विश्वास व्यक्त गरे ।कम्पन्नीका सञ्चालक लोकेन्द्र प्रधानले दमकमा ६,७ वर्ष अघिनै कम्पन्नीको शाखा सञ्चालनमा ल्याउने लक्ष्य स्थानीयकै सक्रियताका कारण बल्ल पूरा हुन पुगेको बताए ।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, पूंजीवजारका अगुवा सुवासचन्द्र भट्टराई लगायतले शेयर वजारको बढ्दो आर्कषणका बारेमा आ आफनो विचार व्यक्त गरेका थिए । उक्त कार्यक्रममा दमकका शेयर कारोवारीहरु, बैकिङ क्षेत्रका अग्रजहरु लगायतको उपस्थिति रहेको थियो ।