दमक, ८ भदौ । दमकबाट लागुऔषध कारोबारमा संलग्न तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा शिवसताक्षी -२ का २६ वर्षीय राजेश लिम्बू, कमल -५ का २२ वर्षीय राजु धिमाल र शिवसताक्षी -३ का १९ वर्षीय एन्जिल लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दमक प्रहरीले शुक्रबार साँझ ६.३० बजे दमकको पूर्व बसस्टेण्डबाट तीन जनालाई ट्रामाडोल २६० क्याप्सुल सहित पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखेर कारवाहीका लागि थप अनुन्धान भईरहेको जनाएको छ ।
पछिल्ला समय प्रहरीले लागूऔषधमा संलग्न कारोवारी तथा प्रयोकर्ताहरुलाई धमाधम नियन्त्रणमा लिई कारवाही गर्ने कार्य बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिएका छन् ।