कनकाईका कोरोना संक्रमित परिवारले नै गरे आत्महत्या

सुरुङ्गा,७ भदौ । कनकाई नगरपालिका १ स्थित सुरुङ्गाका एक जना कोरोनाबाट संक्रमित परिवारले नै आज झुण्डिएर आत्महत्या गरेका छन् । कनकाई नगरपालिका- १ का ४० बर्षिय रविन विश्वकर्मा उनकी श्रीमती २९ बर्षिय मुना विक र उनीहरुकी ८ महिनाकी छोरी रुविनाले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
उनीहरुले आफ्नै घरमा डोरीको पासो लगाएर आत्महत्या गरेका हुन । मृतक रविन वैदेशिक रोजगारीमा जानका लागि केहिदिन पहिले काठमाण्डौसम्म गएको तर कोरोना संक्रमित देखिएका कारण फर्किएर आएको स्थानीयले बताएका छन् ।
उनीहरुले एकसाथ झुण्डिएर नानीलाई समेत साथमा लिइ आत्महत्या गरेको अवस्थामा फेला परेका हुन । उनीहरुको मृत्युसगै घरका सबै जनाको मृत्यु भएको छ । साउन ३१ गते गरिएको कोरोना परीक्षणका क्रममा उनमा पनि संक्रमित देखिएको थियो । कोरोनाबाट पीडित विक परिवारले एकैसाथ आत्महत्या गरेपछि अहिले सिंगो गाउँनै स्तव्ध भएको छ ।

Leave a Reply

Your email address will not be published.