सडक विस्तारपछि दमक चौकमा सडकबत्ती बल्छ : मेयर थापा

दमक,६ भदौ । दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले दमक चौंकको सडकबत्ती बाटो विस्तार पछि मात्र काम हुने बताएका छन् ।दमक उद्योग वाणिज्य संघले आज दमकमा आयोजना गरेको अन्तरवस्तुगत फूटसल प्रतियोगिताको उद्घाटन गदैं उनले दमक चौंकको सडकबत्तीको काम राजमार्ग विस्तार पछि मात्र हुने बताए । दमकका केहि सञ्चारमाध्यमहरुले दमक चौंकमा सडक बत्ति नबलेको भनेर समाचार प्रकाशित प्रसारित भएपछि उनले त्यसको खण्डन गदैं त्यहाँ नबले पनि अन्यत्र झलमल्ल भएको सुनाए ।
राजमार्ग विस्तार हुँदा सडक बत्तीसंग संगै हुने भएकाले योजना अन्यत्र सारिएको उनको भनाइ थियो । तर राजमार्ग कहिले विस्तार हुने अझै शुनिश्चित भईसकेको छैन् । दमक चोकमा राजमार्ग ठुलो बनेपछि बत्तिको ब्यवस्थापन हुने जनाउदै दमक चोकमा त्यहि भएर बत्ति नराखिएको उनले बताए । नगर प्रमुख थापाले रतुवाखोला देखि मावासम्म सडकबत्ती लगाउने बजेट अन्यत्र सडक बत्तीमा प्रयोग गरिएको स्पष्ट पारे । पशुहाटदेखि फन पार्कसम्म ९१ लाखको लागतमा बत्ती ब्यवस्थापन गरेको नदेख्ने तर चोकमा बत्ती बलेन भनेर विरोध गर्न कार्यमात्र ठिक नभएको उनको भनाई थियो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत दमक चौंक सडक खण्ड साँझपखदेखि नै सडकबत्ती नहुदाँ अन्धकार हुदैआएको छ । यहाँका सोलार जडित सडकबत्ती काम नलाग्ने अवस्थामा पुगेपनि स्थानीय सरकार भने बेखबर हुदैआएका छन् । सडकबत्ती नहुदाँ राजमार्ग आसपासका क्षेत्रका बासिन्दा असुरक्षित महषुष गरिआएका छन् । सडक विस्तारका काम शुरु भएपनि कति वर्ष लाग्ला भन्ने टुंगो नहुदाँ दमक चौंकको सडकबत्तीमा ध्यान नदिनु ठिक नभएको स्थानीय बताउँछन् ।
उनले सञ्चारमाध्यमले नकरात्मक कुरालाई मात्र समाचार बनाएको भन्दै गुनासो समेत राखे ।नकरात्मक भन्दा सकरात्मक विषयलाई पनि समाचार बनाउनु पर्ने उनले सुझाए ।दमकको ट्राफिक ब्यवस्थापनको काम शुरु भएको जनाउदै एकातर्फी पार्किङ कार्यको थालनीले दमकको ट्राफिक ब्यवस्थापनमा सहयोग पुग्ने उनले जनाए । दमकको ट्राफिक ब्यवस्थापन कसरी व्यवस्थित गर्न सकिएला भनेर ठुलो चिन्ता भएको वताउदै उनले आज यो कार्यको सुत्रधार दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईबाट पाएको सुनाए । उहाँको सुझावले अहिले ट्राफिक ब्यवस्थापनका लागि महत्वपूर्ण पार्किङको समस्या सामधानतर्फ लागेको थापाले भने ।

Leave a Reply

Your email address will not be published.