चिसाङ खोलाले बगाउँदा लेटाङका दुईजनाको मृत्यु

लेटाङ ,५ भदौं । मोरङको लेटाङस्थित चिसाङ खोलाले बगाउँदा दुईजनाको मृत्यु भएको छ । लेटाङ–१ अँधेरी अमलबोटेका ७० वर्षीय वुद्धवीर तामाङ र लेटाङ–२ का ५५ वर्षीय टिंके तामाङलाई चिसाङ खोलाले बगाएको हो ।
बुधबार साँझ करिब ५ बजेतिर लेटाङ–१ बगुवाबाट खोला तर्ने क्रममा उनीहरूलाई खोलाले बगाएको स्थानीयको भनाइ छ । खोलाले बगाएपछि लामिटार क्षेत्रमा शव फेला परेको स्थानीयले जनाएका छन् ।
शवलाई पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख इन्स्पेक्टर राकेश रेग्मीले जानकारी दिए । सो क्षेत्रमा पुल नहुँदा जोखिम बढेको भन्दै स्थानीयले पटक पटक पुलको माग गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published.