सुरुङ्गा ,५ भदौं । झापाको कनकाई नगरपालिकाबाट प्रकाशित हुदैआएको कन्काई साप्ताहिक १० औ बर्षमा प्रवेश गरेको छ ।
छापा तथा अनलाईन संकरणका रुपमा प्रकाशित कनकाई साप्ताहिक आजदेखि १० औं वर्षमा प्रवेश गरेको हो ।
पत्रिकाका सम्पादक÷प्रकाशक लीलाराज झापालीले पत्रिकाले अनेकन आरोह अवरोह खेपेर कोरोना कहरको कहानीलाग्दो अवस्थालाई समेत छिचोलेर यहाँसम्म आइपुग्नमा समस्त पाठक, विज्ञापनदाता तथा कर्मचारी वर्गको सामूहिक प्रयासबाट समेत सम्भव भएको उल्लेख गरेका छन् ।
झापालीले पत्रिका १० औ बर्षमा प्रवेश गरेको अवसरमा अनलाईन संस्करणलाई थप सशक्त बनाइएको र पाठकको रुचिका क्षेत्रलाई अनलाईन र पत्रिका दुबैको माध्यमबाट पस्कदै लैजाने प्रतिवद्धता जनाएका छन् । यस कनकाई साप्ताहिक प्रेस काउन्सिलबाट (क)बर्गमा बर्गिकृत रहदै आएको छ भने कनकाई साप्ताहिककै अनलाईन संस्करण कनकाई अनलाईन समेत प्रकाशन हुदै आएको छ ।