ताप्लेजुङ गोल्डकपः पाँचथरलाई हराउँदै सहलेश सेमिफाइनलमा

ताप्लेजुङ ,४ भदौं ।पाँचथर फुटबल क्लबलाई हराउँदै मधेश प्रदेशको सलहेश फुटबल क्लब सिराहा ताप्लेजुङमा जारी दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ । राम्रो अवसर र दबाब सिर्जना गर्न नसक्दा दर्शकको अत्यधिक समर्थन पाएको छिमेकी जिल्लाको पाँचथर क्लब पहिलो खेलमै प्रतियोगिताबाट बाहिरिएको हो ।

खेलको ४२औँ मिनेटमा सहलेशका जय गुरुङले गरेको गोल जितका लागि पर्याप्त बन्यो । उनको गोलमा पाँचथरका खेलाडीले रेफ्रीसँग असन्तुष्टि जनाएका थिए ।

गोलकर्ता सहलेशका गुरुङ म्यान अफ द म्याच घोषित भए । विदेशी खेलाडीसहित मैदानमा उत्रिएको सहलेशले पाँचथरको तुलनामा धेरै अवसर सिर्जना गरेको थियो । बुधबार लुम्बिनी फुटवल क्लब बुटवल र सगरमाथा फुटवल क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेता टिमले ५ लाख रुपैयाँ नगद र ट्रफी प्राप्त गर्नेछ । उपविजेता टिमले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ नगद र ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल भदौ १० मा हुने आयोजक लाखेजात्रा बजार व्यवस्थापन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published.