जीवनचक्र समाजको अध्यक्षमा पुनः गौतम

दमक,४ भदौं । जीवनचक्र समाज नेपालको अध्यक्षमा पुनः गणेश गौतम चयन भएका छन् । संस्थाको सातौ स्थापना दिवस तथा साधारणसभाको बुधबार सम्पन्न वन्दसत्रले पुनः गौतमको अध्यक्षतामा नयाँ कायसमिति चयन गरेको हो । संस्थापक अध्यक्ष गौतमको यो कार्यकाल तेश्रो हो ।

सर्वसम्मत निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा बेनुराज प्रसाई, उपाध्यक्षमा लक्की सिटौला (बिन्दु), सचिवमा गणेश प्रधान र कोषाध्यक्षमा विदुर भण्डारी
चयन भए भने प्रवक्तामा सिद्धार्थ दाहाल चुनिए ।

यसैगरि, सदस्यहरूमा डाक्टर लेखनाथ न्यौपाने , वासुदेव काफ्ले ,सुरेन्द्र श्रेष्ठ र सन्जु निरौला सर्वसम्मत चयन भएको गठित निर्वाचन समितका संयोजक दिपु चापागाईले बताए । सोहि अवसरमा निर्वाचित समितिलाई पद तथा गोपनियतासहित सपथग्रहण गराइएको थियो ।
संस्थाको नयाँ नेतृत्व चयन गर्न चापागाईको संयोजकत्वमा गोपाल गुरागाई, तिलोचन अधिकारी रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.