दमक, ४ भदौं । सडक दुर्घटना न्यूनीकरण,रक्तदान लगायतका सामाजिक कार्यमा सक्रिय दमकमा केन्द्रीय कार्यालय रहेको जीवन चक्र समाज नेपालले आज आफ्नो छैटौं स्थापना दिवस तथा बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
समाजका केन्द्रीय अध्यक्ष गणेशप्रसाद गौतमको अध्यक्षता तथा दमक -६ का वडाअध्यक्ष टेकबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको उद्घाटनमा अध्यक्ष गौतमको प्रतिवेदन, कोषाध्यक्ष विदुर भण्डारीको आर्थिक प्रतिवेदन र कार्यक्रम संयोजक डिल्लीप्रसाद अधिकारीद्धारा प्रस्तुत कार्यक्रम सम्बन्धी प्रतिवेदन सुझाव सहित पारित गरिएको थियो । कार्यक्रममा वक्ताहरुले सामाजिक कार्यमा सवै संघसंस्थाहरुवीच हातेमालो भएमात्र लक्ष्य अनुसार अघि बढ्न सकिने जोड दिए ।
स्थानीय दमक उद्योग वाणिइ संघको सभाहलमा आयोजित कार्यक्रममा वडा अध्यक्ष थापा,दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, अक्षयकोषदाता सिताराम पोख्रेल,ट्राफिक प्रहरी कार्यालय दमक प्रमुख नारायण भट्टराई,गिरिराज भट्टराईले आफ्नो तर्फबाट संस्थालाई सक्दो सहयोग गर्ने र सहकार्य गर्दै जाने जोड दिए ।
समाजले रक्तदान,दुर्घटना न्यूनीकरण,जनचेतनामूलक कार्यक्रम,सरसफाइ,लागुऔषध न्यूनीकरण,टोपी दिवस,सामाजिक ब्याक्तित्व लाई सम्मान साथै विभिन्न सचेतनामुलक कार्यक्रम गर्दैआएको र संस्थको कोषका लागी रु १ अभियान समेत सञ्चालन गर्देआएको प्रतिबेदनमा उल्लेख छ।